काठमाडौँ- सन् २०२१ को जनवरीमा अमेरिकी संसद भवन क्यापिटोलमा भएको दंगालाई लिएर अमेरिकाको संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ थालेको छ ।
अघिल्लो राष्ट्रपतीय निर्वाचनको परिणाममा असन्तुष्टी जनाउँदै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सन् २०२१ को जनवरी ६ मा क्यापिटोल भवनमा दंगा मच्चाएका थिए ।
यस विषयमा जारी सुनुवाइका क्रममा संसदीय अध्यक्ष बेनि थोमसनले उक्त घटनाले दुई सय पचास वर्ष भन्दा पुरानो अमेरिकी संवैधानिक लोकतन्त्रलाई धरापमा पारेको बताए ।
संसदीय समितिमा रहेका प्राय सदस्यहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दंगा भड्काउन खोजेको आरोप लगाएका छन् । गत वर्ष जनवरी ६ मा ट्रम्पका समर्थकहरूले राष्ट्रपति जो बाइडेनको चुनावी विजय प्रमाणीकरण हुनबाट रोक्न अमेरिकी संसद भवनमा दंगा मच्चाएका थिए ।