अमेरिका फेरि गोलीकाण्ड – मेरिल्याण्डमा तीन जनाको मृत्यु « Khabarhub

अमेरिका फेरि गोलीकाण्ड – मेरिल्याण्डमा तीन जनाको मृत्यु


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा फेरि गोलीकाण्ड मच्चिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ ।

एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो । राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताएका छन् ।

आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ ।

गत केही वर्षयता अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएको बताइएको छ ।

यो वर्ष देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् । उक्त अवधिमा अमेरिकामा कम्तिमा एकसय १० गोलीकाण्ड भएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : १३ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन