बाह्र वर्षपछि रजनीकान्तसँग बाँधियो ऐश्वर्याको जोडी  « Khabarhub

बाह्र वर्षपछि रजनीकान्तसँग बाँधियो ऐश्वर्याको जोडी 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन केही समय यता चर्चामा छिन् । दक्षिण भारतीय फिल्म ‘पीएस वान’ मा अभिनय गरिरहेकी ऐश्वर्यालाई त्यतैबाट राम्रै अफर आइरहेको छ । आइरहेको अफरमा समेत उनी पोजेटिभ छिन् । पछिल्लो समय दक्षिण भारतीय फिल्महरूको बढ्दो क्रेजलाई मध्यनजर गर्दै ऐश्वर्या कुनै पनि अवसरलाई खेर जान दिने पक्षमा छैनन् ।

मणिरत्नको तमिल फिल्म ‘पुन्निइ सेल्भान’ पछि ऐश्वर्या रजनीकान्तसँग १२ वर्ष पश्चात ‘थालैयावार १६९’ मा देखिँदैछिन् । रोबोटमा काम गरेको १२ वर्ष पश्चात ऐश्वर्या रजनीकान्तसँग स्क्रिन सेयर गर्न लागेकी हुन् । 

फिल्मलाई निर्देशक नेल्सन दिलीपकुमारले निर्देशन गर्दैछन् । संगीत कम्पोज अनिरुद्रले गर्ने भएका छन् । फिल्ममा ऐश्वर्याले रजनीकान्तको पत्नीको भूमिकामा अभिनय गर्दैछिन् । फिल्मको मुख्य भूमिकामा राम्या कृष्णा र प्रियंका अरुल मोहनले समेत अभिनय गर्ने भएका छन् । सन् २०२२ अगस्टदेखि फिल्म छायांकन सुरु हुने जनाइएको छ । सन् २०२३ मा फिल्म रिलिजको तयारी छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : २७ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि