यसअघि ७ अर्ब नाफामा रहेको मुलुकको शोधनान्तर स्थिती यसपाली २ खर्ब ८८ अर्ब घाटामा « Khabarhub

यसअघि ७ अर्ब नाफामा रहेको मुलुकको शोधनान्तर स्थिती यसपाली २ खर्ब ८८ अर्ब घाटामा


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रा बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक समीक्षा प्रतिवेदनअनुसार मुलुकको शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिती ७ अर्ब ७५ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति यतिबेला २ अर्ब ४१ करोड रुपैयाँले घाटामा रहेको राष्ट्रबैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, यस अवधिमा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ६ : ०७ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको