यसअघि ७ अर्ब नाफामा रहेको मुलुकको शोधनान्तर स्थिती यसपाली २ खर्ब ८८ अर्ब घाटामा « Khabarhub

यसअघि ७ अर्ब नाफामा रहेको मुलुकको शोधनान्तर स्थिती यसपाली २ खर्ब ८८ अर्ब घाटामा


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रा बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक समीक्षा प्रतिवेदनअनुसार मुलुकको शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिती ७ अर्ब ७५ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति यतिबेला २ अर्ब ४१ करोड रुपैयाँले घाटामा रहेको राष्ट्रबैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, यस अवधिमा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : ०७ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता