बंगलादेशमा चिनियाँ कम्पनी कर छलीमा संलग्न « Khabarhub

बंगलादेशमा चिनियाँ कम्पनी कर छलीमा संलग्न


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ कम्पनीहरुले बंगलनादेशमा कर छली गरेको पाइएको छ । बंगलादेशका अधिकारीले बंगलादेशमा सञ्चालित चाइना रोड एण्ड ब्रिज कर्पोरेशन नामक चिनियाँ कम्पनी गत वर्षको डिसेम्बर महिनामा कर छलीमा संलग्न रहेको फेला पारेको बंगलादेश लाइभ न्युज नामक अनलाइन समाचार पोर्टलले जनाएको छ ।

यो कम्पनीले सरकारी परियोजनाका लागि निर्माण सामग्री आयात गर्दा कर छली गरेको जनाइएको छ । चिनियाँ कम्पनीले कर छली गरेको पत्ता लागेपछि बंगलादेशी अधिकारीले चीन सरकारलाई तीन पूर्वाधार परियोजनाबाट पछि हट्न बाध्य पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस प्रकरणमा चिनियाँ कम्पनीले ढाका चटगाउँ रेल परियोजनाको निर्माण कार्यका लागि अरु १६ वटा चिनियाँ कम्पनीलाई विभिन्न किसिमका टेण्डर दिएर पछि ती कम्पनीहरु आफ्नै कम्पनीको हिस्सा रहेको दाबी गरी कर छली गरेको जनाइएको छ ।

यसअघि मे महिनामा पनि सिनो केमेड ट्रेडिङ नामक अर्को चिनियाँ कम्पनी कर छलीमा संलग्न रहेको पाइएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : ३४ बजे

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले

कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न 

काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय

दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बिराटनगर– बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि

भत्काउन थालियो जेन-जी आन्दोलनमा खण्डहर बनेको पोखरा महानगरको भवन (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा ध्वस्त भएको पोखरा महानगरपालिकाको भवन भत्काउन