उद्योगमन्त्री बडू, स्पेनका गैरआवासीय राजदूत र इन्डोनेसियाका राजदूतबीच शिष्टाचार भेट « Khabarhub

उद्योगमन्त्री बडू, स्पेनका गैरआवासीय राजदूत र इन्डोनेसियाका राजदूतबीच शिष्टाचार भेट


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि स्पेनका गैरआवासीय महामहिम राजदूत जोसे मारिया रिडाओ डोमिन्जेउज र नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हरतान्तो सुबोलोले छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।

छलफलमा नेपालका लागि स्पेनका गैरआवासीय महामहिम राजदूत जोसे मारिया रिडाओ डोमिन्जेउजले विगतदेखि नै नेपाल र स्पेनबीचको सम्बन्ध प्रगाढ रहँदै आएको स्मरण गर्दै ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्धनलगायत विषयमा दुई देशबीच थप सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने विचार व्यक्त गरेका थिए । यसैगरी उनले आफ्नो कार्यकालमा नेपाल र स्पेन बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप मजबुत बनाउन आफूले पहल गर्ने विश्वास दिलाए ।

त्यसअवसरमा मन्त्री बडुले नेपालका लागि गैरआवासीय राजदूतमा नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । साथै स्पेनले कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि प्रशंसा गर्दे यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने विचार व्यक्त गरे । नेपाल र स्पेनबीच व्यापार तथा वैदेशिक लगानीका क्षेत्रमा प्रसस्त सम्भावना रहेको उल्लेख मन्त्री बडुले महामहिम राजदूतबाट पनि यस क्षेत्रमा नेपाल र स्पेनबीचको सहयोगलाई थप प्रभावकारी बनाउन उल्लेख्य भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरेका थिए 

त्यसैगरी नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूतसँगको भेटमा नेपाल र इन्डोनेशीयाबीचको सम्बन्धका विविध आयामहरू बारे छलफल भएको थियो । त्यसअवसरमा मन्त्री बडुले नेपाली वस्तु तथा सेवाहरू निर्यात गर्ने देशहरू मध्ये इन्डोनेसिया तेस्रो ठूलो देश भएकोले दुवै देशसँग व्यापार र लगानीको क्षेत्रमा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको बताए । संयुक्त राष्ट्र संघको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने क्रममा सन् २०२६ सम्म अल्पविकसित राष्ट्रको हैसियतबाट माथि उठ्न सिफारिस गरेकोले त्यो पूरा गर्न पनि आर्थिक समृद्धिका लागि इन्डोनेसियासँग सम्भावनाका विविध क्षेत्रमा सहकार्य गर्न नेपाल तयार रहेको बताए ।

महामहिम राजदूतले आगामी अक्टोबरमा इन्डोनेसियामा हुन लागेको विश्वस्तरीय ट्रेड एक्स्पो २०२२ मा नेपालका निजी क्षेत्रसहितको नेतृत्व गर्दै माननीय मन्त्रीज्यूको सहभागिता हुने अपेक्षा गर्दै यसले दुई देशबीच व्यापार प्रवर्द्धनका साथै विश्वका अरु मुलुकसँग पनि वस्तु तथा सेवा विस्तारमा सहयोग पुग्ने विचार व्यक्त गरे । कार्यक्रममा मन्त्रालयका सचिव, सम्बन्धित क्षेत्र हेर्ने सहसचिवलगायत कर्मचारीहरूका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।   

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ७ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्