रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली | Khabarhub Khabarhub

रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली हुने भएको छ।

ब्लड डोनर्श एशोसीएशन अफ नेपाल र खबरहबको सहकार्यमा भोलि (शनिवार) बिहान ७ बजेदेखी स्वयम्भु नजिकै चमती रोप वे मार्गबाट साइकल र्‍याली सुरु हुने छ।

साइकल र्‍याली स्वयम्भु भगवान पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङकेश्वरी मन्दिर, नरदेबी, क्षेत्रपाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ सडक, जैसिदेवल, कोहिटी, कालीमाटी चोक, टंकेश्वर, नेपाल रेडक्रम कालीमाटी, रबिभवन, कुलेश्वर, टेकु, सानेपा पुल, कुपण्डोल, पाटन ब्लड बैंक, कोटेश्वर महादेश स्थान, सिनामंगल विमानस्थल वरपर, जयबागेश्वरी, सिफल, कालोपुल, प्रहरी प्रधान कार्यालय नक्साल, लैनचौर, सामखुसी, नयाँ बसपार्क लगायतको परिक्रमा गरिनेछ।

साइकल र्‍याली तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर प्राङ्गणमा पुगेर रक्तदान कार्यक्रम गरी समापन हुनेछ। साइकल यात्रीहरु जुनसुकै स्थानबाट समेत सहभागी हुनसक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएका छन्। सामाजिक कार्यका लागि साइकल र्‍याली आयोजना गर्न लागिएकाले इच्छुक सबैमा र्‍यालीमा सहभागी हुन आयोजकले अनुरोध गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्श एशोसीएशन अफ नेपालले साप्ताहिक कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ८ : ५९ बजे

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं- माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना महिला पक्राउ

प्रचण्ड र माधवले षड्यन्त्र गर्दा पनि पार्टी सिद्धिएन : अध्यक्ष ओली

डोटी-  नेकपा एमालेका अध्यक्ष केपी शर्माले पार्टी भित्र अनेक प्रकारको

प्रशिक्षण कार्यक्रममा व्यस्त जसपा अध्यक्ष यादव

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकर्तालाई

कोप२८ जलवायु परिवर्तनविरुद्ध ‘महत्वपूर्ण मोड’ हुनुपर्छ– राजा चार्ल्स तृतीय

दुबई- बेलायतका राजा चार्ल्स तृतीयले कोप२८ जलवायु वार्ता जलवायु परिवर्तनविरुद्धको

नेतृत्वकाे इच्छाशक्ति नभएको कारण जनतामा निराशा छायो :  शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै ठूला राजनीतिक