रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली « Khabarhub

रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली हुने भएको छ।

ब्लड डोनर्श एशोसीएशन अफ नेपाल र खबरहबको सहकार्यमा भोलि (शनिवार) बिहान ७ बजेदेखी स्वयम्भु नजिकै चमती रोप वे मार्गबाट साइकल र्‍याली सुरु हुने छ।

साइकल र्‍याली स्वयम्भु भगवान पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङकेश्वरी मन्दिर, नरदेबी, क्षेत्रपाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ सडक, जैसिदेवल, कोहिटी, कालीमाटी चोक, टंकेश्वर, नेपाल रेडक्रम कालीमाटी, रबिभवन, कुलेश्वर, टेकु, सानेपा पुल, कुपण्डोल, पाटन ब्लड बैंक, कोटेश्वर महादेश स्थान, सिनामंगल विमानस्थल वरपर, जयबागेश्वरी, सिफल, कालोपुल, प्रहरी प्रधान कार्यालय नक्साल, लैनचौर, सामखुसी, नयाँ बसपार्क लगायतको परिक्रमा गरिनेछ।

साइकल र्‍याली तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर प्राङ्गणमा पुगेर रक्तदान कार्यक्रम गरी समापन हुनेछ। साइकल यात्रीहरु जुनसुकै स्थानबाट समेत सहभागी हुनसक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएका छन्। सामाजिक कार्यका लागि साइकल र्‍याली आयोजना गर्न लागिएकाले इच्छुक सबैमा र्‍यालीमा सहभागी हुन आयोजकले अनुरोध गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्श एशोसीएशन अफ नेपालले साप्ताहिक कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ८ : ५९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट