मेगा र इन्भेष्टमेन्ट बैंक गाभिने, बैंकको नाम नेपाल इन्भष्टमेन्ट मेगा बैंक रहने | Khabarhub Khabarhub

मेगा र इन्भेष्टमेन्ट बैंक गाभिने, बैंकको नाम नेपाल इन्भष्टमेन्ट मेगा बैंक रहने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि समझदारी भएको छ । दुवै बैंक एकआपसमा गाभिन लागेका हुन् । दुवै बैंकका प्रतिनिधिहरूले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । यी दुई बैंकले असोजभित्र मर्ज भइसक्ने गरी तयारी थालेका छन् ।

यी दुई बैंक गाभिएपछि अब बैंकको नाम नेपाल इन्भष्टमेन्ट मेगा बैंक रहने जनाइएको छ । यस्तै बैंकका अध्यक्ष र सीईओ भने नेपाल इन्भेष्मेन्ट बैंककै रहनेछन् ।

यस्तै डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशी रहने छिन् ।

हाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ । मर्ज भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ९ : ४६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’