आँबुखैरेनी–मुग्लिन सडक खण्ड भोलि बिहानसम्म बन्द हुने | Khabarhub Khabarhub

आँबुखैरेनी–मुग्लिन सडक खण्ड भोलि बिहानसम्म बन्द हुने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने भएको छ ।

आँबुखैरेनी–४ पावर हाउसनजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको सो सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गरिएको हो ।

बिहान सडक भासिएपछि सो ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भएका थिए । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ ।

डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिए ।

सडक भासिएर सो ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ९ : ५२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’