जनताको सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन | Khabarhub Khabarhub

जनताको सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई मतदाताले दिएको अमूल्य मतलाई दिल र दिमागमा राखेर जनताको सेवक बनी काम गर्न निर्देशन दिएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति खड्काले निर्वाचनको बेलामा गरेको बाचालाई सम्झेर काम गर्न आग्रह गरे ।

“पाँच वर्षपछि पुनः टिकट प्राप्त गर्नेगरी काम गर्नुस्”, उनले भने । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जनताको बीचमा गरेको संकल्प, घोषणापत्र र प्रतिबद्धता सम्झेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

सो अवसरमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ११ : ०२ बजे

एनटी फाइबर प्रविधिका सेवाग्राहीलाई निःशुल्क डाटा सुविधा

काठमाडौं– एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग

महादेवको मूर्ति निर्माणपछि फेरीएको पुम्दिकोट

अन्नपूर्ण– पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय

संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिवमा

चिनजानकै व्यक्तिबाट महिला हिंसाका घटना बढ्दै

काठमाडौँ– लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन