जनताको सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन « Khabarhub

जनताको सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई मतदाताले दिएको अमूल्य मतलाई दिल र दिमागमा राखेर जनताको सेवक बनी काम गर्न निर्देशन दिएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति खड्काले निर्वाचनको बेलामा गरेको बाचालाई सम्झेर काम गर्न आग्रह गरे ।

“पाँच वर्षपछि पुनः टिकट प्राप्त गर्नेगरी काम गर्नुस्”, उनले भने । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जनताको बीचमा गरेको संकल्प, घोषणापत्र र प्रतिबद्धता सम्झेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

सो अवसरमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ११ : ०२ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६