लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने, 'बकर इदले नयाँ उमङ्ग र उत्साह दिन्छ' | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने, ‘बकर इदले नयाँ उमङ्ग र उत्साह दिन्छ’


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजवादोन्मुख व्यवस्था निर्माण गर्ने संविधानको सङ्कल्प रहेको तथा संविधानले विविध जाति, धर्म, संस्कृति र समुदायको संरक्षण र संवर्द्धनका लागि अधिकार प्रदान गरेको बताएका छन् ।

प्रदेश प्रमुख शेरचनले मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद अर्थात् ‘इद उल अज्हा’का अवसरमा आज दिएको शुभकामना सन्देशमा संविधानले विगतमा राज्य व्यवस्थाले गरेको वर्गीय, जातीय, लिङ्गीय, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गरी आर्थिक समानता र सामाजिक न्यायलाई स्थापित गर्दै सामानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवादोन्मुख व्यवस्था निर्माण गर्ने सङ्कल्प बोकेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको जनाउँदै मुस्लिम समुदायको यस पर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकापसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेका छन्। मुस्लिम समुदायमा एकापसमा खुसीयाली साटासाट गरी मनाइने यो पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याएको समेत उनले उल्लेख गरेका छन् ।

प्रमुख शेरचनले बकर इद अर्थात् ‘इद उल अज्हा’ पर्वका अवसरमा सम्पूर्ण नेपालीहरूमा शान्ति, एकता, समृद्धि र सहिष्णुता कायम राख्दै स्वच्छ, सुखी, समुन्नत राष्ट्र निर्माणमा थप प्रेरित गर्ने आशा र विश्वासका साथ यो पर्वले राष्ट्रिय एकता कायम गर्ने छ भन्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : २९ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता