‘चोभार ब्लुज’को लोकार्पण « Khabarhub

‘चोभार ब्लुज’को लोकार्पण


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्जिनियर विक्रमभक्त जोशीको कृति कथासङ्ग्रह ‘चोभार ब्लुज’को लोकार्पण सम्पन्न भएको छ । वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो ।

जोशीका कथाहरुले यात्रालाई पृष्ठभूमि बनाएको प्रसङ्ग उप्काउँदै माया ठकुरीले भनिन्, ‘विक्रम भाइ यात्राहरुमा निस्किरहनु हुन्थ्यो । उहाँले आज यति राम्रो पुस्तक हामीलाई उपहार दिनु भयो । उहाँ त यात्रामा कथा टिप्न पो जानु हुँदोरहेछ ।’

पुस्तकका प्रकाशक अश्विनी कोइराला सभापति रहेको कार्यक्रममा लेखकका पिता प्रभु भक्त जोशी विशेष अतिथिको भूमिकामा उपस्थिति रहेको थियो । अन्य अतिथिहरुमा समीक्षकद्वय महेश पौड्याल र राजकुमार बानियाँ, पुस्तकका सम्पादक दीपक दर्शन दाहाल तथा भाषा सम्पादक रमेश दाहालको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ३५ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,