बलिउडका यी हिट जोडीले गर्दैछन् कमब्याक  | Khabarhub Khabarhub

बलिउडका यी हिट जोडीले गर्दैछन् कमब्याक 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडमा कैयौँ नयाँ जोडीले फिल्मी पर्दामा आफ्नो अभिनयको जादु चलाउँछन् । तर यो वर्ष भने केही पुराना हिट जोडीले पनि पर्दामा कमव्याक गर्दैछन् ।

अभिनेता अक्षय कुमार र अभिनेत्री भूमि पेडनेरकले सन् २०१७ मा सोसियल ड्रामा फिल्म ‘ट्वाइलेट : एक प्रेम कथा’मा सँगै काम गरे । यो जोडी पाँच वर्षपछि आनन्द एल रायको फिल्म ‘रक्षाबन्धन’मा देखिँदैछन् । फिल्म अगष्टमा रिलिज हुँदैछ । उनीहरुको केमेष्ट्रीलाई दर्शकले रुचाएका थिए।

करीना कपूर खान र आमिर खानले ‘थ्री इडियट्स’ र ‘तलाश’ जस्ता फिल्ममा सँगै अभिनय गरे । अब यो जोडी अद्वैत चन्दनको फिल्म ‘लाल सिंह चड्डा’मा स्क्रिन शेयर गर्दै दर्शकमाझ आउँदैछन् । करीनाले फिल्ममा अभिनय गर्न अडिसन नै दिएकी थिइन् । उनले आमिरको सम्मानका निमित्त अडिसन दिएको बताइसकेकी छन् ।

अभिनेता कार्तिक आर्यन र अभिनेत्री सेननले सन् २०१९ को फिल्म ‘लुकाछिपी’मा रोमान्स गरेका थिए । यो जोडी फिल्म ‘शहजादा’मा पनि देखिँदैछन् । साउथ इन्डियन फिल्म ‘अला वैकुण्ठपुरमलु’ को हिन्दी रिमेक रहेको फिल्म बेलाबखतमा चर्चामा आउने गरेको छ । कृति यसवर्ष अभिनेता टाइगर श्राफसँग पनि देखिदै छिन् । यो जोडीले सन् २०१४ मा रिलिज फिल्म ‘हीरोपन्ती’मा काम गरेका थिए । उनीहरुको केमेष्ट्रीलाई दर्शकले निकै मन पराएका थिए । अब यो जोडी ‘गणपत’मा देखिँदैछन् ।

अभिनेता शाहरुख खान अभिनेत्री दीपिका पादुकोणको डेब्यू फिल्म ‘ओम शान्ति ओम’ मा उनको को–स्टार थिए । यो फिल्मपछि उनीहरुले ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू ईयर’मा सहकार्य गरे । अब यो जोडी फिल्म ‘पठान’ मा देखिँदैछन् । फिल्म आउँदो वर्ष रिलिज हुनेछ । फिल्ममा दर्शकले एक्सन र थ्रिल देख्न पाउनेछन् । दीपिकाले पनि यसमा एक्सन गर्नेछिन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ०० बजे

सडकमा सेनाको गस्ती, मानिसलाई फर्काउँदै घरतिर (तस्बिरहरू)

काठमाडौँ- नेपालका कयौँ ऐतिहासिक सम्पदा ध्वस्त पार्ने गरी मंगलबार भएको

निरन्तर जल्दैछ साढे अर्बमा बनेको हिल्टन होटल (तस्बिरहरू)

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरको लगानी रहेको

कैदी भाग्न खोजेपछि डिल्ली बजार कारागारमा सेनाको मोर्चा (तस्बिरहरू)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएसँदै

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार