यस कारण हराइन् मल्लिका  « Khabarhub

यस कारण हराइन् मल्लिका 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा यस्ता कैयौँ अभिनेत्रीहरू छन्, जसको फिल्ममा अनुबन्धित हुनासाथ त्यसमा बोल्ड दृश्य अनिवार्य हुनै पर्छ । किनकि यी अभिनेत्रीहरूले आफ्नो अभिनयले नभई बोल्ड दृश्यले लोकप्रियता कमाएका छन् । यी अभिनेत्रीमध्ये मल्लिका शेरावत पनि पर्छिन् ।

 मल्लिकाले आफ्नो करियरमा कैयौँ फिल्ममा काम गरिसकेकी छन् । तर, उनीको अभिनय अथवा फिल्मको कथाले नभई मल्लिकाको बोल्ड इमेजका कारण चर्चित रहे ।

सन् २००३ मा रिलिज फिल्म ‘ख्वाहिश’बाट मल्लिका पहिलो पटक चर्चामा आइन् । यो फिल्ममा मल्लिकाले हिमांशु मलिकसँग १७ चुम्बन दृश्य दिएकी थिइन् ।अभिनेता इमरान हाशमीसँगको अभिनय रहेको फिल्म ‘मर्डर’ मा अभिनेत्री मल्लिकाले बोल्डनेसको सबै सीमापार गरेकी थिइन् । यो फिल्मको दृश्य मात्र होइन, गीत ‘भीगे होंठ तेरे’ ले समेत यो गीत सुन्न मानिस लजाउनुपर्थ्यो ।

मल्लिकाले अभिनेता राहुल बोससँग फिल्म ‘प्यार के साइड इफेट्स’ मा पनि काम गरिन् । यो फिल्ममा उनले आफ्नो बोल्डनेसलाई कायमै राखिन् । उनले फिल्म ‘अगली और पगली’मा अभिनेत्री रणवीर शौरीका साथ जबरदस्त चुम्बन दृश्य दिएकी थिइन् । फिल्म ‘डर्टी पोलिटिक्स’मा त उनले बलिउडका अग्रज अभिनेता ओम पुरीसँग जबरदस्त बेड सिन नै दिइन् ।

यद्यपि पछिल्लो समय बलिउडमा उनको समय ठिक छैन । उनी फिल्ममा सक्रिय छैनन् । तर , पछिल्लो समय ओटीटीको आगमनसँगै बढेको सिरिजको लोकप्रियताले उनलाई फाइदा गरिरहेको छ । उनी सिरिजमा देखा परिरहेकी छिन् । अभिनयको सट्टा बोल्ड इमेजको कारण बलिउडमा लोकप्रिय भएकी मल्लिका आजभोलि भने त्यही कारणले फिल्मबाट टाढा छिन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ३८ बजे

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित