उच्च अदालत पाटन बारको अध्यक्षमा खतिवडा विजयी « Khabarhub

उच्च अदालत पाटन बारको अध्यक्षमा खतिवडा विजयी


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी भएका छन् । उनले एक हजार ६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपानेले एक हजार २३ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नारायण खरेलले २८४ मत प्राप्त गरे । सचिवमा रवीन्द्रकुमार ढुङ्गाना, सहसचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी भए ।

त्यस्तै १४ सदस्यमा रमति महर्जन, भवानी भट्टराई, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजीत बस्नेत, शुलभ खनाल, सरिता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा निर्वाचित भए।

देशका ९० बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या दुई हजार ८२८ मतदाता पाटन बारमा छन् । उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका थिए । प्रजातान्त्रिक समूहको प्रतिनिधित्व शर्माले गरेका थिए भने प्रगतिशील समूह शान्तिराम खतिवडाले गगरेका थिए। प्रगतिशी समूहमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) निकट कानुन व्यवसायी थिए ।

नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार मतदान सम्पन्न भएर राति अबेर मतपरिणाम सार्वजनिक गरिएको थियो । उक्त कार्यसमितिको समयावधि दुई वर्षको हुनेछ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ३७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको