चालु आर्थिक वर्षको भुक्तानी र निकासा बन्द | Khabarhub Khabarhub

चालु आर्थिक वर्षको भुक्तानी र निकासा बन्द


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द भएको जनाएको छ ।

कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो।

नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्नेछ । त्यसअघि नै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

नियमावलीअनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकमको भुक्तानी भने बन्द गर्नुपर्नेछ । सोही व्यवस्थाअनुसार
चालु आर्थिक वर्ष २०७८/७९ को भुक्तानी तथा निकासा शनिबार रातिदेखि रोकिएको हो।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ४४ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं – भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई