आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन जापान जाँदै | Khabarhub Khabarhub

आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन जापान जाँदै


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन् ।

पूर्वप्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न विदेशमन्त्री ब्लिन्केनले जापानको भ्रमण गर्ने जनाउँदै विदेश मन्त्रालयले त्यहाँ रहँदा उनले जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ ।

संयुक्त राज्य अमेरिका–जापान गठबन्धन एशिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका निम्ति आधारशिला भएको बताउँदै उक्त क्षेत्रमा अमेरिका–जापान गठबन्धन कहिल्यै सुदृढ हुन नसकेको अमेरिकी विदेश मन्त्रालयले स्वीकार गरेको छ ।

इन्डोनेसियाको बालीमा जी २० का विदेश मन्त्रीहरूको बैठकमा भाग लिएर विदेशमन्त्री ब्लिन्केन थाइल्याण्डतर्फ प्रस्थान गरेका छन् । बाली बैठकको क्रममा उनले खाद्य र ऊर्जा असुरक्षा र युक्रेनविरुद्ध रूसको निरन्तर युद्धले अन्तर्राष्ट्रिय व्यवस्थामा परेको प्रतिकूल प्रभावलगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्ने अमेरिकी प्रतिबद्धतालाई दोहोर्‍याएका थिए ।

बालीमा जी २० को बैठकमा भागलिनुका अतिरिक्त उनले इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सोही क्रममा उनले जनवादी गणतन्त्र चीनको राज्य परिषद् सदस्य एवम् विदेश मन्त्री वाङ यीसँग पनि भेटवार्ता गरेका थिए । त्यस अवसरमा दुवै देशका विदेशमन्त्रीले विद्वेषपूर्ण अमेरिका–चीन सम्बन्धलाई सुदृढ बनाउने प्रयास गरेका थिए ।

आमने–सामने बसेर गरिने कूटनीतिक वार्ताको विकल्प नरहेको बताउँदै विदेशमन्त्री ब्लिन्केनले आफ्ना चिनियाँ समकक्षीलाई परिणाममुखी एवम् फलदायी वार्ताका निम्ति अमेरिका उत्सुक रहेको जनाएका थिए ।

पछिल्लोपटक विदेशमन्त्री ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङबीच सन् २०२१ को अक्टोबरमा इटालीको रोममा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पनि अमेरिकाले चीनसँगको सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न सञ्चार सम्पर्क खुला राख्नुपर्नेमा जोड दिएको थियो। उनले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थालाई कमजोर पार्ने गतिविधि हुननहुने अमेरिकी अभिमत प्रष्ट गरेका थिए ।

थाइल्याण्डमा रहँदा विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री डोन प्रमुद्विनाइसँग भेट गर्ने कार्यक्रम छ । उनले एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आयोजक थाइल्याण्डका कार्यसूचीको सफलता तथा अर्को वर्ष एपेक आयोजना गर्ने अमेरिकी निर्णयलाई कार्यान्वयन गर्नेबारेमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डमा स्वास्थ्य, जलवायु सहयोग विस्तार तथा म्यान्माको सङ्कट सम्बोधनलगायत विभिन्न मुद्दाहरूमा सम्बद्ध अधिकारीहरूसँग उनले छलफल गर्नेछन् । अमेरिकी राष्ट्रपतिको एशिया–प्रशान्त रणनीतिलाई अघि बढाउने चाहना र उक्त क्षेत्रको शान्ति, समृद्धि र सुरक्षालाई केन्द्रमा राखेर थाई नेताहरूसँग विदेशमन्त्री ब्लिन्केनले विचारविमर्श गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ५२ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का