देश/प्रदेश

किसानलाई ३० हजार कागतीमा बिरुवा वितरण

By खबरहब

July 10, 2022

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदाता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए ।

यसअघि निवेदन सङ्कलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए । बिरुवा वितरण कार्यक्रमलाई आर्थिक वर्ष २०७९/०८० मा समेत जारी राख्ने उनको भनाइ छ ।

कृषि पेसामा लागेका किसानलाई व्यावसायिक कृषिमा आबद्ध गराई आत्मनिर्भर बनाउने लक्ष्यसहित बिरुवा वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।