उदयपुरमा हालसम्म २७ प्रतिशत रोपाइँ « Khabarhub

उदयपुरमा हालसम्म २७ प्रतिशत रोपाइँ


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– यस पटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार यस पटक सुरुदेखि नै वर्षा पर्याप्त भए पनि कृषकको धानको बीउ समयमा हुर्कन नसकेका कारण जिल्लाका धेरै स्थानमा धान रोपाइँ ढिला हुन पुगेको छ । जिल्लाको मुख्य धान उत्पादन क्षेत्रको पकेट मानिएको त्रियुगा नगरपालिकाको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, बगाहा, राजाबास तथा गैरुनचुहाडे, असारी क्षेत्रमा अझै पनि धान रोपाइँ आधा पनि सकिएको छैन । कतिपय स्थानमा रोपाइँ सुरु नै नभएको कृषक बताउँछन् ।

चौदण्डी गढी नगरपालिकाको सिवाइ, सुन्दरपुर, हडिया, बेलही, क्षेत्रमा पनि भर्खर मात्र धान रोपाइँ सुरु भएको चौदण्डी गढी नगरपालिकाका कृषक बताउँछन् । यस्तै जिल्लाको धान उत्पादन पाकेट क्षेत्र मानिने बेलका नगरपालिकाको पुरनदह, तपेस्वरी, बानडाँडा, भागलपुर, आम्बासी, सेती खोला, लालसिसुवा, जहडा, गुरुङचौरी, बरगाछी क्षेत्रमा हालसम्ममा ४० प्रतिशत मात्र धान रोपाइ भएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की बत्ताउँछन्

कटारी नगरपालिकाको त्रिवेणी, हरैया, मरु खोला, सोमबारे रिस्कुसहितका स्थानमा पनि हालसम्ममा २५ जति मात्र धान रोपाइँ भएको स्थानीय कृषक बताउँछन् । कटारी सोमबारेका कृषक रामबहादुर दनुवार भन्छन्, ‘यस पटक सुरुदेखि नै वर्षा पर्याप्त भएको छ तर धानको बीउ अलिक ढिलो राखियो, समयमा बीउ हुर्कन नसकेका कारण अहिले धान रोपाइँ ढिलो हुने भएको छ ।’

जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भएको तर धानको बीउ हुर्कन ढिला भएका कारण धान रोपाइ निकै ढिलो हुन पुगेको कृषकले बताएका छन् । जिल्ला कृषि ज्ञानकेन्द्रका प्रमुख महेश चौधरीका अनुसार यस पटक जिल्लाको तराईका चार नगरपालिका भन्दा बढी धान रोपाइँ पहाडी पालिकामा भइरहेको छ ।

लिम्चुङबुङ र उदयपुर गढी गाउँपालिकामा झन्डै ४० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । यस्तै रौतामाई गाउँपालिकामा पनि ३८ प्रतिशत रोपाइँ भएको छ भने ताप्लीमा ३५ प्रतिशत रोपाइँ भइसकेको छ । 

पहाडी गाउँ पालिकाहरूको तुलनामा तराईका चार नगरपालिकामा धानको बीउ समयमा हुर्कन नसकेका कारण धान रोपाइँ ढिलाइ हुन पुगेको कृषक बताउँछन् । उदयपुरमा १४ हजार हेक्टरमा धान खेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रका प्रमुख महेश चौधरी बताउँछन्

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १ : ४४ बजे

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक