बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेताको उम्मेदवारी | Khabarhub Khabarhub

बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेताको उम्मेदवारी


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेताले उम्मेदवारीको घोषणा गरेका छन् । निवर्तमान बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विस्थापित गर्ने दौडमा दुई जना पूर्वस्वास्थ्यमन्त्रीहरु साजिद जावेद र जेरेमी हन्टले पनि कन्जरभेटिभ पार्टी नेतृत्व सम्हाल्ने र प्रधानमन्त्री बन्ने दौडमा आकांक्षा देखाएका छन् ।

पार्टी नेतृत्वका लागि आकांक्षा राख्ने उनीहरू पछिल्ला दुई नेता हुन । दुबैले आफ्ना योजनाहरू घोषणा गरेका छन् । आफू एकमात्र प्रमुख उम्मेदवार रहेकोमा हन्टले जोड दिएका छन् । उनले जोनसनको मन्त्रिपरिषद्मा काम भने गरेका छैनन् । यसअघि ६ जनाले आफ्नो आकांक्षा देखाएका थिए ।

हाल प्रधानमन्त्रीका सबै दाबेदारको मुख्य मुद्दा कर बनेको छ । जाभिद र हन्टले कर कटौतीका लागि आह्वान गरेका छन् । जाविदले राष्ट्रिय बीमामा वृद्धि रद्द गर्ने वाचा गर्दै आएका छन् ।

प्रधानमन्त्रीको दौडमा चान्सलर नदिम जाहावी र यातायातमन्त्री ग्रान्ट साप्स छन् । यी दुबैले पनि कर कटौती गर्ने वाचा गरेका छन् । यतिबेला कर वृद्धि गरेको आरोपमा पूर्वमन्त्री ऋषि सुनाकको आलोचना भइरहेको छ । त्यस्तै, न्यून कर राज्यको आह्वान गर्ने महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले पनि अभियान सुरु गरेका छन् ।

विदेशमन्त्री लिज ट्रस पनि प्रधानमन्त्रीको दौडमा रहेको उनका सहयोगीले बताएका छन् । उनी सुनकले ल्याएको स्वास्थ्य कर उल्टाउने वाचाका साथ पार्टीको नेतृत्व दौडमा प्रवेश गरेकी छिन् ।

त्यस्तै, पूर्व समानतामन्त्री केमी बडेच र विदेश मामिला समितिका अध्यक्ष टम टुगेनधाट पनि जोनसनलाई विस्थापित गर्ने दौडमा छन् । पार्टीको नेतामा विजयी भएका व्यक्ति प्रधानमन्त्री हुनेछन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १ : ५३ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो