दक्षिण अफ्रिकामा रहेको बारमा बन्दुकधारीले आक्रमण गर्दा १४ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकामा रहेको बारमा बन्दुकधारीले आक्रमण गर्दा १४ जनाको मृत्यु


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अफ्रिकामा रहेको एक बारमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाको सोवेतोमा रहेको ओर्लान्डो इस्ट नामक बारमा केही बन्दुकधारी प्रवेश गरी जथाभावी गोली चलाएको बीबीसीले जनाएको छ ।

आक्रमणपछि बन्दुकधारी घटनास्थलबाट सेतो मिनिबस चढेर फरार रहेको जनाइएको छ । आक्रमणको उद्देश्य अझै यकिन नभइसकेको दक्षिण अफ्रिकी प्रहरीले जानकारी दिएको छ ।

आक्रमणपछि हाल ९ जना घाइतेको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । घटनाका पीडितहरु १९ देखि ३५ वर्ष उमेर समूहका रहेको विश्वास गरिएको छ ।

दक्षिण अफ्रिकाको गटेङ प्रान्तका प्रहरी प्रमुख लेफ्टिनेन्ट जनरल एलियास मवेलाले घटनालाई ‘बारमा जाने निर्दोषमाथि क्रुर आक्रमण’ को संज्ञा दिएका छन् ।

दक्षिण अफ्रिकामा बन्दुकधारीले बेलाबेला गोलीकाण्ड मच्चाउँदै आएका छन् । यस्ता घटनामा प्रायः आपराधिक गिरोहको संलग्नता रहने गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : ०२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको