साउन पहिलो साता एन्फा कार्यसमिति बैठक बस्ने « Khabarhub

साउन पहिलो साता एन्फा कार्यसमिति बैठक बस्ने


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार) मा बस्ने जानकारी दिए ।

राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग(एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी) र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

आइतबारनै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँग अनौपचारिक छलफल गरेको हो । छलफलमा मिलेर जाने र आगामी कार्यसमितिको बैठकले जेसुकै निर्णय गर्न सक्ने महासचिव राईले बताए ।

‘उहाँहरूसँग अनौपचारिक छलफल भएको हो । हामीले २ साउनको कार्यसमितिले निर्णय लिन्छ भनेका छौँ,’ राईले भने । एन्फा मुख्यालयमा भएको भेटमा एनएसएलतर्फबाट निर्देशक श्रेयन्स कार्की र सिइओ सुदीप शर्माको उपस्थिति थियो । यता, एन्फाबाट अध्यक्ष पंकजविक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बच्चु) र महासचिव राई थिए ।

गत चैतमै हुनुपर्ने प्रतियोगिता विवादका कारण स्थगित छ । यद्यपि, अघिल्लो कार्यसमितिले प्रतियोगिता २१ भदौदेखि १० कात्तिकसम्म गर्न स्वीकृति दिएको छ ।

अब, प्रतियोगिता हुने या नहुने अथवा कुन स्तरको हुने यसबारे आगामी बैठकले तय गर्नेछ । जुन बैठक ६ असारमा निर्वाचित पदाधिकारीको दोस्रो हुनेछ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ३ : २३ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा