‘प्रकाश’ बन्दा फेरिए प्रदीप  « Khabarhub

‘प्रकाश’ बन्दा फेरिए प्रदीप 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदीप खड्का अहिले चर्चामा छन् । उनलाई पछिल्लो फिल्म ‘प्रकाश’ ले चर्चामा ल्याउने कार्य गरिरहेको छ । किनकि प्राय चकलेटी लुक्समा देखिँदै आइरहेका प्रदीप यसमा भने फरक छन् ।

स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यस पटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको संवत पहिलो हो । किनकि यस अगाडी आफ्नो भूमिकालाई लिएर समीक्षकबाट उनले चर्चा बटुल्न सकेका छैनन् ।

पोस्टर र टिजर सार्वजनिक भइसकेपछि प्रदीपले सामाजिक सञ्जाल मार्फत कला र कलाकारितालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् । उनले आफ्नै कलाकारिताको शैलीमा आएको परिवर्तनलाई महसुस गरेको प्रस्ट्याएका हुन् ।

‘मेहनत र कला प्रतिको इमानदारितामा विश्वास राख्दै यस क्षेत्रमा केही स्थान बनाउन गरेको सङ्घर्षको एउटा नतिजा प्रकाश हो’ प्रदीप लेख्छन्, ‘एउटा पात्रमार्फत सम्पूर्ण कथा नै जीवन्त हुन सक्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहरू समेतलाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि कार्यशालामा कयौँ दिन बिताएको छु ।’

उनले यही सिलसिलामा एउटा कलाकारले पात्र र कलाकारितालाई बुझ्ने चेतना नै फरक भएको उल्लेख छन् ।  फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए । फिल्ममा प्रदीपले जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले मानसिक रूपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेका थिए । ‘

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्मको यस अगाडि सार्वजनिक टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ । जहाँ प्रदीपको आफ्नो स्टारडमको छायाँ भन्दा ‘प्रकाश’ लाई बाहिर ल्याउने प्रयत्न गरेका छन् ।

विशेषत दर्शकले फिल्म हेर्दै गर्दा प्रदीपलाई स्टार वा प्रेमको रूपमा नहेरुन भनेर नै उनले यो मेहनत गरेका हुन् । आफ्नो जुम्लेली चरित्रलाई जिवन्त बनाउन उनले काठमाडौँमै खाली खुट्टा यात्रा समेत गरेका थिए ।  शिक्षक बन्ने सपना देखेर जुम्लाको एक युवाले भोग्ने पिडालाई फिल्ममा देखाउन खोजिएको छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ ।

यसै बिच निर्माण टिमले प्रदीपको तस्बिर सार्वजनिक गरेको छ । जहाँ प्रदीप हलो जोतिरहेका छन् । टाउजर र सर्ट लगाएर हलो जोतिरहेका प्रदीपले प्रकाशले भोग्ने र गर्ने हरेक कार्यलाई बाचेका छन् । शिक्षक बन्ने सपना बोकेको युवा खेती गर्न खेत तयार परिरहेका छन् । काठमाडौँको परिवेशमा हुर्किएका प्रदीपले संवत यस अगाडी त्यो जीवन भोगेका वा बाचेका थिएनन् ।

आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा जुम्लाको परिवेशलाई टिपेको छ । यसमा प्रदीप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ५० बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ