श्रीलङ्का सङ्कटका कारण आफ्नो मुलुकमा शरणार्थी समस्या नरहेको भारतीय विदेशमन्त्रीको भनाइ | Khabarhub Khabarhub

श्रीलङ्का सङ्कटका कारण आफ्नो मुलुकमा शरणार्थी समस्या नरहेको भारतीय विदेशमन्त्रीको भनाइ


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशङ्करले दक्षिणी छिमेकी श्रीलङ्कामा विकसित घटनाक्रमलाई नजिकबाट नियालीरहेको बताउँदै श्रीलङ्का सङ्कटका कारण देशमा शरणार्थी समस्या नरहेको स्पष्ट पारेका छन् ।

दक्षिण भारतका मतदातालाई भारतीय जनता पार्टीको पक्षमा पार्ने प्रयासमा दक्षिणी राज्य केरला भ्रमणमा रहेका उनले भारत सरकारबाट श्रीलङ्कालाई निरन्तर सहयोग भइरहेको तथा थप मद्दतको प्रयास पनि जारी रहेको जानकारी दिँदै उनले श्रीलङ्कालीहरूले आफ्ना समस्या समाधान गरिरहेकाले त्यहाँको वस्तुस्थितिको निरन्तर निगरानी गरिएको र अहिले शरणार्थी सङ्कट नभएको बताए ।

विदेशमन्त्रीको उक्त अभिव्यक्तिले कठिन समयमा भारत कसरी आफ्ना छिमेकीहरूको साथमा उभिएको छ भन्ने झल्काउँछ । अभूतपूर्व राजनीतिक एवम् आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कालाई ‘छिमेक पहिलो नीति’अन्तर्गत कठिनाइबाट पार लगाउन कोलम्बोको अनुरोधलाई भारतले तत्काल सम्बोधन गरेको बताए ।

पूर्वाधार निर्माण र नवीकरणीय ऊर्जाको माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्धमा बढोत्तरी भइरहेको जानकारी दिँदै उनले तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गरेको बताए । जीवनदायी औषधि, खाद्यान्न र इन्धन खरिदका लागि उक्त रकम प्रदान गरिएको हो ।

भारत–श्रीलङ्का सम्बन्ध सुमधुर रहेको र त्यहाँका जनतालाई सघाउन सधैँ तत्पर रहेको स्पष्ट गर्दै उनले श्रीलङ्काली जनताप्रति भारतको ऐक्यबद्धता रहेको स्पष्ट गरे । आर्थिक सङ्कट अन्त्य गर्न भारतीय सहयोग जारी रहेको बताउँदै उनले श्रीलङ्काली जनतालाई आर्थिक सहायता, विदेशी मुद्रा सहयोगलगायत सहायता गरिरहेको र बितेका दुई महिनामा २५ टनभन्दा बढी औषधि र चिकित्सा सामग्रीको प्रदान गरेको जानकारी दिए ।

यसैबीच, श्रीलङ्कास्थित भारतका उच्चायुक्त गोपाल वाग्लेले आज श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीरालाई भेटेर ४४ हजार मेट्रिक टनभन्दा बढी युरिया आइपुगेको जानकारी दिएका छन् । भारत सरकारले ऋण सहयोगअन्तर्गत उक्त मल उपलव्ध गराएको हो । श्रीलङ्काली जनतालाई सहयोग गर्न र उनीहरूको खाद्य सुरक्षा सुनिश्चितताका निम्ति भारत प्रतिबद्ध रहेको र पछिल्लो सहयोग द्विपक्षीय सहयोगको प्रबल प्रतीक रहेको उनले बताए ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ४३ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३