योजनाबद्धरुपले भइरहेको धर्म परिवर्तन नियन्त्रण गर्न अध्यक्ष थापाको माग « Khabarhub

योजनाबद्धरुपले भइरहेको धर्म परिवर्तन नियन्त्रण गर्न अध्यक्ष थापाको माग


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । 

आइतबार काठमाडौंमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म संस्कृतिको रक्षा गर्ने भनी संविधानमा नै उल्लेख भएकाले संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनलाई नियन्त्रण गर्न माग गरेका हुन् । 

उनले अहिले संगठित र योजनाबद्ध धर्म परिवर्तनलाई रोकेर सरकारले आफ्नो कर्तव्य पुरा गर्नुपर्ने धारणा राखे । नेपाल धार्मिक स्वतन्त्रता भएको मुलुक भएकाले आफ्नो इच्छाले गरिएको धर्म परिवर्तनमा राप्रपाको कुनै आपत्ती नरहेको उनले बताए ।

अध्यक्ष थापाले बहुसंख्यक हिन्दु धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्षको व्यवस्था लोकतान्त्रिक मूल्यमान्यता अनुकुल नरहेको धारणा राखे ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ४८ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान