शोकाकुल जापानमा माथिल्लो सदनका लागि मतदान | Khabarhub Khabarhub

शोकाकुल जापानमा माथिल्लो सदनका लागि मतदान


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्यापछि आघात, शोकाकुल र डरबाट मुक्त भइनसकेका मतदाताले बिना उत्साह जापानको माथिल्लो सदनको निर्वाचनमा मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेको चुनावी प्रचारका क्रममा गोली हानेर हत्या भएको घटनाको छायामा भएको मतदानबाट नेता आबेको सत्तारुढ दल विजययात्रातर्फ अग्रसर भएको देखिएको छ ।

पश्चिमी जापानको प्रहरीले आबेका आरोपित हत्यारालाई थप अनुसन्धानको लागि स्थानीय अभियोजनकर्ताको कार्यालयमा पठाएको छ । क्षेत्रीय प्रहरी अधिकारीले सुरक्षा त्रुटिका कारण आक्रमणकारी गोली प्रहार गर्न सफल भएको स्वीकार गरेका छन् ।

आबेलाई शुक्रबार नारामा गोली हानेका तेत्सुया यामागामीले नेता आबेको राजनीतिक दृष्टिकोणसँग आफ्नो विमति नरहेको तर आबे संलग्न सङ्गठनको अफवाहका कारण घटना भएको अभियोजन अधिकारीलाई बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ५५ बजे

व्यक्ति विशेष छानबिन समिति जरुरी छैन : देवेन्द्र पौडेल 

काठमाडौं– नेकपा माओवादीका संसद् देवेन्द्र पौडेलले कांग्रेसले बजेट अधिवेशनको पहिलो

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल

संसद्‌ अवरोध गर्दा कांग्रेसका चार नारा

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका सहकारी ठगी

सूचना प्रविधिमार्फत समृद्धिको ढोका खोल्न सरकार क्रियाशील : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी)

जब कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै घेर्‍यो संसद् (तस्बिरहरू)

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री रवि लामिछानेबारे लिएको अडानबाट