राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि रायसुझाव माग « Khabarhub

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि रायसुझाव माग


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । 

उक्त ऐनको परिच्छेद को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ ।  राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेल [email protected] मा रायसुझाव उपलब्ध गराउन सूचित गरेको छ । राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेश भएको एक महिनापछि मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । आर्थिक वर्ष २०७९/८० को बजेट जेठ १५ गते संघीय संसद्मा पेश भएको थियो । 

मौद्रिक नीतिमा अल्पकालीन कर्जाको ब्याजदर, मुद्रा आपूर्ति, मुद्रास्फीति नियन्त्रण गर्ने तथा मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउन लक्ष्य लिने नीति हो । कुनै पनि मुलुकको मौद्रिक नीति त्यस देशको केन्द्रीय बैंकले निर्माण गर्छ । अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्छ भन्ने विषय मौद्रिक नीतिले निर्धारण गर्छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : ०४ बजे

आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता

भद्रपुर– परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण,

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी

सैन्य आक्रमणको निर्णायक जवाफ दिने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० देखि १५ दिनभित्र ‘अर्थपूर्ण

माध्यमिकी परिक्रमालाई जलेश्वरमा भव्य स्वागत

जलेश्वर– मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमालाई आज महोत्तरीको

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक, शीर्ष नायिका रोशनी एकल फिचर्ड

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को