सामुदायिक विद्यालयमा दिवा खाजाले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै  « Khabarhub

सामुदायिक विद्यालयमा दिवा खाजाले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङका सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।खाजा कार्यक्रमले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै र बिचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ ।

सरकारले दुई वर्षअघि सुरु गरेको दिवा खाजा कार्यक्रमले अभिभावक, विद्यार्थी र विद्यालयको सम्बन्ध राम्रो हुनुको साथै बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध भएको बेँसीसहर नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत रामकृष्ण त्रिपाठीले बताए ।

दिवा खाजा कार्यक्रमबाट बेँसीसहर नगरपालिकाका मात्र ६० विद्यालयका करिब १३ सय छात्रछात्रा लाभान्वित भएका छन् । प्रतिव्यक्ति दैनिक १५ रुपैयाँका दरले हरेक महिना पाँच लाख ८५ हजार खर्च हुने गरेको बेँसीसहर शिक्षा शाखाले जनाएको छ ।

विद्यालयमा ‘कुन बार के खाजा खाने भन्ने तालिका बनाएर सोहीअनुरूप कार्यान्वयन गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । स्वस्थ खानाले बालबालिकाको स्वास्थ्यमा राम्रो प्रभाव पारेको बरालको भनाइ छ ।

खाजाका रूपमा तरकारी चिउरा, चना, अण्डा, सुजीको हलुवा र खीर हुने बालबालिका बताउँछन् । विद्यालयमा खाजाको व्यवस्था गरेपछि विद्यार्थी स्वस्थ भई शिक्षण सिकाइमा सक्रिय हुने गरेको अभिभावक सरस्वती थापा बताउँछिन् ।

खाजा कार्यक्रमले बालबालिका विद्यालयमा नियमित हुने, बिचमै कक्षा नछोड्ने, विद्यालय जान हौसिने गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : ३० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु