सामुदायिक विद्यालयमा दिवा खाजाले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै  « Khabarhub

सामुदायिक विद्यालयमा दिवा खाजाले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङका सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।खाजा कार्यक्रमले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै र बिचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ ।

सरकारले दुई वर्षअघि सुरु गरेको दिवा खाजा कार्यक्रमले अभिभावक, विद्यार्थी र विद्यालयको सम्बन्ध राम्रो हुनुको साथै बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध भएको बेँसीसहर नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत रामकृष्ण त्रिपाठीले बताए ।

दिवा खाजा कार्यक्रमबाट बेँसीसहर नगरपालिकाका मात्र ६० विद्यालयका करिब १३ सय छात्रछात्रा लाभान्वित भएका छन् । प्रतिव्यक्ति दैनिक १५ रुपैयाँका दरले हरेक महिना पाँच लाख ८५ हजार खर्च हुने गरेको बेँसीसहर शिक्षा शाखाले जनाएको छ ।

विद्यालयमा ‘कुन बार के खाजा खाने भन्ने तालिका बनाएर सोहीअनुरूप कार्यान्वयन गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । स्वस्थ खानाले बालबालिकाको स्वास्थ्यमा राम्रो प्रभाव पारेको बरालको भनाइ छ ।

खाजाका रूपमा तरकारी चिउरा, चना, अण्डा, सुजीको हलुवा र खीर हुने बालबालिका बताउँछन् । विद्यालयमा खाजाको व्यवस्था गरेपछि विद्यार्थी स्वस्थ भई शिक्षण सिकाइमा सक्रिय हुने गरेको अभिभावक सरस्वती थापा बताउँछिन् ।

खाजा कार्यक्रमले बालबालिका विद्यालयमा नियमित हुने, बिचमै कक्षा नछोड्ने, विद्यालय जान हौसिने गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : ३० बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा