काँग्रेस पदाधिकारी बैठक : निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल « Khabarhub

काँग्रेस पदाधिकारी बैठक : निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल हुने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको केन्द्रीय समिति बैठकको एजेण्डामाथि छलफल गरेको हो ।

केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनमा गठबन्धनबीचको तालमेललाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

भातृ शुभेच्छुक संघ संगठनलाई सक्रिय र गतिशील बनाउने गरि आवश्यक निर्णय हुने उनले बताए। उनले भातृ शुभेच्छुक संघलाई पूर्णता दिने काम पनि छिटै हुने उल्लेख गरे । अहिले पार्टी विधि र पद्धति अनुसार नै अघि बढेको र पार्टी सभापतिले सबैको सहमति जुटाएर निर्णय गर्दै आएको उनको भनाइ छ ।

केन्द्रित समिति बैठकमा पार्टी सञ्चालन, विधानको कार्यान्वयन तथा सरकारका विषयमा पनि छलफल हुने नेताहरूले जनाएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ६ : २३ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग