कांग्रेस पदाधिकारी बैठक : भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यतासँगै विधान स्वीकृत | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक : भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यतासँगै विधान स्वीकृत


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको बैठकले आदिवासी जनजाति महासङ्घ, थारू सङ्घलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेको हो ।

यसैगरी शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय सङ्घलाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्य व्यस्तताले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा उपस्थित हुन नसकेकाले बैठकपछि निर्णयका विषयमा जानकारी गराइसकिएको पनि उनले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : ४३ बजे

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी

सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्व प्रधानन्यायाधीश सुशीला

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन

प्रधानमन्त्री कार्कीलाई युनुसको शुभकामना

काठमाडौं– बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की

रूसको क्यामचाट्कामा ७.४ म्याग्निच्युडको भूकम्प

मस्को– रूसको क्यामचाट्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ