बेँसीशहर–चामे सडक खुल्यो « Khabarhub

बेँसीशहर–चामे सडक खुल्यो


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेँसीशहर–चामे सडक मर्मत कार्यका लागि एक हप्ताका लागि बन्द भनिए पनि आज साँझदेखि सवारी सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्य गर्नका लागि एक हप्ताका लागि बिहीबार बिहान ८ बजेदेखि बन्द रहे पनि पुरानो बाटोबाट सडक सञ्चालन भएको हो ।

यो सडक करिब चार दिन भने पूर्णरूपमा बन्द रहेको थियो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले भने, “सो स्थानमा मर्मत एवं ढलान कार्य जारी छ, तर आंशिकरूपमा सवारी सञ्चालनमा आएको छ ।” पुरानो बाटोबाट सवारी सञ्चालन गरेसँगै यतिबेला सवारी आवतजावत भइरहेको उनको भनाइ छ ।

स्याङ्गेमा सडक ढलान कार्य जारी रहे पनि सोही स्थान माथि पुरानो सडकबाट सवारी सञ्चालन हुँदा यात्रुहरु हर्षित भएका छन् । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्तका अनुसार १५० मिटर सडक ढलान गर्नका लागि अघि बढेको छ । सङ्घीय सरकारको रु ६० लाख बजेटमा श्रीकृष्ण निर्माण सेवाले निर्माण गरिरहेको उनको भनाइ छ । ६५ किलोमिटर दूरी रहेको बेँसीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : ४१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना