जापानको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण | Khabarhub Khabarhub

जापानको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण गरएको छ । जापानको राष्ट्रिय प्रसारक संस्था एनएचकेले आइतबार मतदानमा सहभागीसँग गरेको सर्वेक्षणबाट यस्तो प्रक्षेपण गरेको हो ।

पूर्व प्रधानमन्त्रीको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धन सहयोगी कोमेइटोले संसदको माथिल्लो सभाको १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा विजय हुने एनएचकेको सर्वेक्षणले देखाएको छ । यो यसअघि उक्त गठबन्धनलाई प्राप्त सिटभन्दा बढी सङ्ख्या हो ।

आबेको हत्या हुनुभन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो, यद्यपि आक्रमणले उनीहरूलाई साहनुभूतिको मतसमेत प्राप्त हुने सङ्केत देखिएको हो ।

प्रधानमन्त्री फुमिओ किशिदाले हत्याको बाबजुद् पनि निर्वाचन प्रक्रियालाई अघि बढाउनपर्नेमा जोड दिएका छन् ।

शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका समय आबेमाथि नजिकैबाट गोली हानिएको थियो । उक्त घटनामा सख्त घाइते भएका पूर्व प्रधानमन्त्री आबेलाई तत्काल हेलिकोप्टरबाट अस्पताल पुर्‍याइएको थियो ।

तर गोली लागि अत्यधिक रक्तश्राब भएका उनको स्थानीय अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो । उनको पार्थिव शरीर शनिबार टोकियोस्थित आवेको निजी निवासमा ल्याइएको थियो ।

यस आक्रमणले राष्ट्रलाई ठूलो झट्का लागेको र जापान लगायत विश्व समुदायलाई स्तब्ध पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ३७ बजे

वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग

विश्वका प्रमुख बैंकले ब्याजदर घटाउन खोज्दा महँगियो सुन

काठमाडौं – विश्वका प्रमुख बैंकहरूले ब्याजदर कटौती योजना ल्याउन खोज्दा

स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं– काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको

अवैध बाटोबाट अमेरिका पठाउन करोडौं ठगी, गिरोहका तीनजना पक्राउ

काठमाडौं- प्रहरीले अवैध बाटो प्रयोग गरी अमेरिका र क्यानडा पुर्‍याउने

छोरीकाे विवाहमा एक दर्जन सुँगुर चोरी

रौतहट– रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा