चर्को विवादपछि गण्डकीका मुख्यमन्त्रीले दिए व्यक्तिका नामको बजेटलाई प्राथमिकताका क्षेत्रमा खर्चिन निर्देशन « Khabarhub

चर्को विवादपछि गण्डकीका मुख्यमन्त्रीले दिए व्यक्तिका नामको बजेटलाई प्राथमिकताका क्षेत्रमा खर्चिन निर्देशन


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा व्यक्तिका नाममा बजेट विनियोजन गरेपछि चौतर्फी विरोध भएको छ ।

गण्डकी सरकारले व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन करिब १० करोड रुपैयाँ बजेट विनियोजन गरेपछि सरकारमा रहेको काँग्रेसका नेताहरुले समेत असन्तुष्टि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख छुट्याएका छन् । त्यस्तै उनले दमौली अस्पतालमा रहेको गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्रको स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्नका लागि भन्दै १० लाख छुट्याइएको थियो ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले पनि बुबाका नाममा खोलिएको कोषमा ५० लाख विनियोजन गरेका छन् । यस्तै उनले अन्य शीर्षकमा समेत गरी आमाबुबाका नाममा १ करोड विनियोजन गरेका छन् ।

व्यक्तिका नाममा बजेट विनियोजन गरेपछि नागरिकस्तरमा चर्को विवाद भएको थियो भने काँग्रेसकै नेताहरुले समेत विरोध जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि विरोध चर्काएको छ ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यसबारेमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको ध्यानाकर्षण भएको र नागरिकको भावनालाई उच्च कदर गर्दै विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने जनाइएको छ ।

‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्रीज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ११ : ०४ बजे

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक