कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर « Khabarhub

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अहिले भेटवार्त भइरहेको छ।

बौद्धस्थित उज्यालो नेपालको बैठकस्थलबाट सुधन गुरुङहरूले लिएर हिँडेपछि यी तीनजनाबीच अहिले कमलपोखरीमा वार्ता भइरहेको उज्यालो नेपाल पार्टीका एकजना केन्द्रीय सदस्यले बताएका छन् ।

तीनजनालाई वार्तामा जुटाउने काम जेन-जी अभियन्ता सुदन गुरुङले गरेका हुन् । गुरुङका एक सहयोगीका अनुसार उनीहरूबीच अहिले काठमाडौं एक घरमा वार्ता भइरहेो छ।

‘अन्तिम चरणको वार्ता भइरहेको जानकारी हामीलाई आएको छ’, गुरुङका एक सहयोगीले खबरहबलाई भने, ‘वार्ता सकारात्मक नै भइरहेको बुझेका छौँ।’

यता उज्यालो नेपाल पार्टीका नेताहरू भने यो वार्ताबाट निष्कर्ष निक्लिने सम्भावना कमजोर रहेको बताउँछन्।

‘निष्कर्ष निक्लिने सम्भावना कम छ भन्ने हामीलाई सूचना छ’, ती नेताले भने, ‘एउटै पार्टी भएर अगाडि नबढे पनि निर्वाचनमा सहकार्यको बाटो बाँकी रहन्छ।’

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ०७ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा