घरायसी विवादमा श्रीमान्‌को मृत्यु, श्रीमती पक्राउ « Khabarhub

घरायसी विवादमा श्रीमान्‌को मृत्यु, श्रीमती पक्राउ


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्‌को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो।

घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ५६ बजे

जुम्लाबाट ज्ञानेन्द्र शाहीको अठोट : हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ

जुम्ला- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रवादी शक्तिहरूलाई उच्च

नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन आवश्यक

एमालेका अन्तिम पदाधिकारी पनि हारनजिक, श्रमसंस्कृतिले भोजपुरबाट अर्को सीट थप्दै

काठमाडौं- नेकपा एमालेका अध्यक्षदेखि अधिकांश पदाधिकारी बढारिएको अवस्थामा अन्तिम आशा