देशका विभिन्न स्थानमा चार जना मृत फेला  | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा चार जना मृत फेला 


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, ललितपुर, रोल्पा र डडेलधुरामा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित मकैबारीमा सोही नगरपालिका–७ रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

ललितपुरको ललितपुर महानगरपालिका–१४ ताल्चीखेल बस्ने भोजपुर घर भएका ७० वर्षीय हरि बहादुर श्रेष्ठ सोही स्थानको सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

रोल्पाको रोल्पा नगरपालिका–१ मेवाङ डेरा गरी बस्ने त्रिवेणी गाउँपालिका–१ टुक्लाकरेटी घर भएका ४७ वर्षीय बल बहादुर डाँगी आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

डडेलधुराको अमरगढी नगरपालिका–२ कुश्मालीस्थित घटाल खोलामा सोही नगरपालिका–५ बस्ने १८ वर्षीय किरण पाठक मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : १४ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’