प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुन दिन्नौँ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुन दिन्नौँ : मन्त्री श्रेष्ठ


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको खवरले सबैभन्दा चिन्ता पोखराका प्याराग्लाइडिङ व्यवसायीलाई छ। विदेशबाट जहान ल्यान्ड हुनुअघि प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भयले उनीहरू दैनिकजसो डेलिगेसन गैरहन्छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सकेसम्म प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुन नदिने बताए । पोखरामा पत्रकारहरूले प्याराग्लाइडिङ व्यवसायको भविष्यबारे प्रश्न गरेपछि उनले भने, ‘व्यवसायीसँग कुरा भएको छ । यो पोखराको ब्रान्डिङ हो, संरक्षण गर्नुपर्‍यो भनेर माग गरेका छन् । सुरक्षामा असर नपर्ने भए जोगाएर जानुपर्छ, प्राविधिकसँग छलफल गर्छौँ ।’

पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनी दर्ता छन् । जसमा तीन सय ७५ नेपाली पाइलट कार्यरत छन् । प्याराग्लाइडिङ पोखराको ब्राण्ड पनि हो ।

‘९८ प्रतिशत काम सकिएको जानकारी पाएका छौं । १ जनवरीबाट उडान हुन्छ । अब सरकारले जहाज कम्पनी र फ्लाइट रुटबारे छलफल अघि बढाउँछ,’ उनले भने । कोरोनाका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर परेको भन्दै उनले यो एयरपोर्ट चलेपछि उत्साह आउने बताए ।

‘२०२३ देखि २०३३ लाई भ्रमण दशक भनेर घोषणा गरेका छौं । योसँगै पर्यटन क्षेत्रको नीति निर्माण र पूर्वाधार बनाउने काममा जोड दिएका छौं,’ उनले थपे, ‘नेपाललाई विश्वको पर्यटकको गन्तव्यस्थल बनाउन कार्ययोजना बनाएका छौं । यो एयरपोर्टले गण्डकी प्रदेशको समग्र विकासमा टेवा पुग्छ ।’ 

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : ३६ बजे

फेवातालमा डुंगा दुर्घटना, पाँचै जनाको सकुशल उद्धार

पोखरा– कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा

पोखरा र गौतम बुद्ध विमास्थलबाट उडान गर्न कतारसँग प्रस्ताव

  काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा र भैरहवा विमानस्थलबाट

नेपालमा लगानी गर्न कतारका राजालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन

नेपाल-कतार संयुक्त वाणिज्य परिषद्‌ स्थापना

काठमाडौं – नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त