स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिए « Khabarhub

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिए


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली संकलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् ।

साउन १९ पछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए । जिल्लाका ११ स्थानीय तह अन्तर्गत ९७ वटा वडाका सेवाग्राहीलाई पायक पर्ने गरी तीन स्थानमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको उनले बताए ।

स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय वालिङमा नियमितरूपमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो । ‘मतदाता नामावलीमा नाम लेखाउनका लागि दैनिक तीन वटै कार्यालयमा सेवाग्राहीको भीड हुने गथ्र्यो’, उनले भने, ‘सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै अब अरु तयारीमा लाग्नुपर्ने भएकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको छ ।’ 

नयाँ थपिएको सङ्ख्या जिल्लाभित्रका तीन वटा कार्यालयमा आई फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउने मात्रै रहेको कार्यालयले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जामा दुई लाख ४० हजार पाँच सय ३५ मतदाता थिए । अब जिल्लामा नयाँ थपिएकासहित दुई लाख ४६ हजार नौ सय ३५ मतदाता पुगेका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ३६ बजे

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै