अछाममा शिक्षा क्षेत्रका लागि डेढ अर्बभन्दा बढी बजेट « Khabarhub

अछाममा शिक्षा क्षेत्रका लागि डेढ अर्बभन्दा बढी बजेट


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय सरकारबाट डेढ अर्ब रुपैयाँभन्दा बढी बजेट प्राप्त गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले यहाँका स्थानीय तहहरूमा एक अर्ब ५५ करोड ७१ लाख १४  हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । 

सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बजेट प्राप्त गरेका छन् । साँफेबगर नगरपालिकाको शिक्षा शाखालाई कर्मचारी तलब भत्ताबफत २३ करोड १५ लाख ९३ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ६१ लाख ३७ हजार, विद्यालय सञ्चालन अनुदान ६२ लाख ६१ हजार र शैक्षिक गुणस्तर सुदृढिकरणको लागि एक करोड ४४ लाख १२ हजार गरी २६ करोड ८४ लाख तीन हजार रकम प्राप्त भएको छ ।

सबैभन्दा कम रकम प्राप्त गरेको बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा शाखाले कर्मचारी तलब भत्ता नौ करोड ६४ लाख एक हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा ५० लाख नौ हजार, विद्यालय सञ्चालन अनुदान २१ लाख ८६ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि २६ लाख ४५ हजार गरी १० करोड ४८ लाख एक हजार  रकम प्राप्त गरेको छ । 

यस्तै, मंगलसैन नगरपालिकाको शिक्षा शाखाले कर्मचारी तलबभत्तामा १६ करोड ९८ लाख ७२ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ५० लाख १६ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख ५० हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि ६० लाख ३४ हजार गरी १९ करोड ५० करोड ७१ हजार प्राप्त गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिकाको शिक्षा शाखालाई कर्मचारी तलबभत्ता १३ करोड ७७ लाख चार हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ५९ लाख ३२ हजार, विद्यालय सञ्चालन अनुदान ४६ लाख ८७ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणमा एक करोड ३४ लाख २३ हजार गरी १६ करोड ४८ लाख १५ हजार रुपैयाँ विनियोजित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

रामारोशन गाउँपालिकाको शिक्षा शाखामा कर्मचारी तलबभत्तामा ११ करोड ६६ लाख ९८ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड ३७ लाख २७ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख २७ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि दुई करोड १६ लाख ६ हजार गरी १५ करोड ४७ लाख १८ हजार, कमलबजार नगरपालिकाको शिक्षा शाखाले कर्मचारी तलबभत्ता १३ करोड ४६ लाख, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ३१ लाख १७ हजार, विद्यालय सञ्चालन अनुदान ३८ लाख ८७ हजार, शैक्षिक गुणस्तर सुदृढीकरण ५० लाख ७४ हजार गरी १५ करोड २५ लाख ३८ हजार रकम प्राप्त भएको छ ।

तुर्माखाँद गाउँपालिकाको शिक्षा शाखामा कर्मचारी तलबभत्तामा १२ करोड ९२ लाख ८२ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ३१ लाख नौ हजार, विद्यालय सञ्चालन अनुदान ४२ लाख ८२ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणमा ५० लाख ५५ हजार गरी १५ करोड १७ लाख २८ हजार, मेल्लेख गाउँपालिकाले कर्मचारी तलबभत्तामा १० करोड ७८ लाख, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड १५ लाख २५ हजार, विद्यालय सञ्चालन अनुदान ३४ लाख ९ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि एक करोड ८२ लाख तीन हजार गरी १३ करोड ३२ लाख १५ हजार रकम प्राप्त गरेका छन् । 

चौरपाटी गाउँपालिकाको शिक्षा शाखाले कर्मचारी तलबभत्ता नौ करोड ७७ लाख सात हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा ९४ लाख ९९ हजार, विद्यालय सञ्चालन अनुदान ३२ लाख ३१ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणमा एक करोड ८० लाख ७६ हजार गरी १२ करोड ८५ लाख १३ हजार र ढकारी गाउँपालिकाले कर्मचारी तलबभत्ता आठ करोड ६५ लाख १९ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड २१ लाख ४१ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख ७६ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि ४७ लाख ९५ हजार गरी १० करोड ७६ लाख ३२ हजार रुपैयाँ विनियोजित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ४३ बजे

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ–  आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ