इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनीको मृत्यु


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेस्ट ब्याङ्कमा भएको भिडन्तमा चार नागरिक मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भिडन्तमा मारिएकामध्ये तीन जना उत्तरी वेस्ट ब्याङ्कको नाब्लुस सहर र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रनका बान्दिा रहेका थिए । नाब्लुसमा इजरायली सेनाले छापा मारेको थियो ।

सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले छापा मारेको जनाएको छ ।

इजरायलको सेनाले नाब्लुसमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म हिंसात्मक हमला गरेकाले उनको खोजी गर्ने क्रममा छापा मारेको जनाएको छ ।

त्यसैगरी इजरायली प्रहरीले पनि एक विज्ञप्तिमा सो शहरमा अतिवादीहरु रहेको भन्ने सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरेको जनाएको छ ।

पछिल्ला केही दिनमा इजरायली सेना र प्यालेस्टिनी लडाकुले आक्रमणहरु जारी राखेका छन् । यस क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ ।

यी दुई पक्षबीच केही समयअघि युद्धविराम भएको भनिए पनि हिंसात्मक घटनाहरु भने रोकिएका छैनन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ३ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै