इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनीको मृत्यु


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेस्ट ब्याङ्कमा भएको भिडन्तमा चार नागरिक मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भिडन्तमा मारिएकामध्ये तीन जना उत्तरी वेस्ट ब्याङ्कको नाब्लुस सहर र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रनका बान्दिा रहेका थिए । नाब्लुसमा इजरायली सेनाले छापा मारेको थियो ।

सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले छापा मारेको जनाएको छ ।

इजरायलको सेनाले नाब्लुसमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म हिंसात्मक हमला गरेकाले उनको खोजी गर्ने क्रममा छापा मारेको जनाएको छ ।

त्यसैगरी इजरायली प्रहरीले पनि एक विज्ञप्तिमा सो शहरमा अतिवादीहरु रहेको भन्ने सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरेको जनाएको छ ।

पछिल्ला केही दिनमा इजरायली सेना र प्यालेस्टिनी लडाकुले आक्रमणहरु जारी राखेका छन् । यस क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ ।

यी दुई पक्षबीच केही समयअघि युद्धविराम भएको भनिए पनि हिंसात्मक घटनाहरु भने रोकिएका छैनन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ३ : ४१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह