नेप्से परिसूचकको ओरालो यात्रा कायमै « Khabarhub

नेप्से परिसूचकको ओरालो यात्रा कायमै


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ९१ अङ्कले ओरालो लागेर दुई हजार ५६ दशमलव ८८ अङ्कमा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६८ अङ्कले घटेर तीन सय ९५ दशमलव ७५ मा सीमित भएको छ । नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल दुई सय १८ कम्पनीको ४६ लाख ४० हजार आठ सय ४४ कित्ता शेयर रु एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ पाँच दशमलव ३१, व्यापार ३१ दशमलव ८७, होटल तथा पर्यटन ११ दशमलव ६३, विकास बैंक सात दशमलव ६१, जलविद्युत् १२ दशमलव ३५, वित्त १६ दशमलव १५, निर्जीवन बीमा ७५ दशमलव ८२, अन्य चार दशमलव ६६, लघुवित्त १५ दशमलव ५१, जीवन बीमा नौ दशमलव ७३ र सामूहिक लगानी कोष शून्य दशमलव एक अङ्कले ओरालो लागेको छ ।

त्यस्तै उत्पादन २७ दशमलव एक र लगानी शून्य दशमलव ४७ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ३६ अर्ब ७८ करोड २४ लाख २८ हजार ४५३ बराबर रहको छ ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कोषको रु १० करोड ६८ लाख ७९ हजार चार सय ६७ बराबरको कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट रु ६ करोड ८८ लाख ४८ हजार एक सय दुई, हिमालयन डिस्टिलरी रु ६ करोड ७१ लाख ३७ हजार एक सय ६५, नबिल बैंक रु ६ करोड ४६ लाख ८९ हजार चार सय २० र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ६८ लाख ६१ हजार दुई सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर नौ दशमलव ९७, युनिलिभर नेपाल चार दशमलव ३०, सिटिजन म्युचुअल फण्ड  चार, विन नेपाल लघुवित्त तीन दशमलव ५२ र उपकार लघुवित्तका लगानीकर्ताले दुई दशमलव ८२ अङ्कले कमाएका छन् ।

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स नौ दशमलव ९९, हिमालयन पावर पार्टनर तीन दशमलव ७२, गुडबिल फाइनान्स तीन दशमलव ४५, सिद्धार्थ इक्विटी फण्ड तीन दशमलव ३१ र लक्ष्मी लघुवित्तका लगानीकर्ताले तीन दशमलव २६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ४ : २४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह