नेप्से परिसूचकको ओरालो यात्रा कायमै « Khabarhub

नेप्से परिसूचकको ओरालो यात्रा कायमै


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ९१ अङ्कले ओरालो लागेर दुई हजार ५६ दशमलव ८८ अङ्कमा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६८ अङ्कले घटेर तीन सय ९५ दशमलव ७५ मा सीमित भएको छ । नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल दुई सय १८ कम्पनीको ४६ लाख ४० हजार आठ सय ४४ कित्ता शेयर रु एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ पाँच दशमलव ३१, व्यापार ३१ दशमलव ८७, होटल तथा पर्यटन ११ दशमलव ६३, विकास बैंक सात दशमलव ६१, जलविद्युत् १२ दशमलव ३५, वित्त १६ दशमलव १५, निर्जीवन बीमा ७५ दशमलव ८२, अन्य चार दशमलव ६६, लघुवित्त १५ दशमलव ५१, जीवन बीमा नौ दशमलव ७३ र सामूहिक लगानी कोष शून्य दशमलव एक अङ्कले ओरालो लागेको छ ।

त्यस्तै उत्पादन २७ दशमलव एक र लगानी शून्य दशमलव ४७ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ३६ अर्ब ७८ करोड २४ लाख २८ हजार ४५३ बराबर रहको छ ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कोषको रु १० करोड ६८ लाख ७९ हजार चार सय ६७ बराबरको कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट रु ६ करोड ८८ लाख ४८ हजार एक सय दुई, हिमालयन डिस्टिलरी रु ६ करोड ७१ लाख ३७ हजार एक सय ६५, नबिल बैंक रु ६ करोड ४६ लाख ८९ हजार चार सय २० र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ६८ लाख ६१ हजार दुई सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर नौ दशमलव ९७, युनिलिभर नेपाल चार दशमलव ३०, सिटिजन म्युचुअल फण्ड  चार, विन नेपाल लघुवित्त तीन दशमलव ५२ र उपकार लघुवित्तका लगानीकर्ताले दुई दशमलव ८२ अङ्कले कमाएका छन् ।

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स नौ दशमलव ९९, हिमालयन पावर पार्टनर तीन दशमलव ७२, गुडबिल फाइनान्स तीन दशमलव ४५, सिद्धार्थ इक्विटी फण्ड तीन दशमलव ३१ र लक्ष्मी लघुवित्तका लगानीकर्ताले तीन दशमलव २६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ४ : २४ बजे

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका