मोटरसाइकल चोरीमा संलग्न पाँचजना पक्राउ « Khabarhub

मोटरसाइकल चोरीमा संलग्न पाँचजना पक्राउ


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत पाँच मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा नुवाकोटको तादी गाउँपालिकाका २२ वर्षीय विशाल तामाङ, १९ वर्षीय राजन तामाङ, १९ वर्षीय दिनेश तामाङ, नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका ४० वर्षीय रामशरण दमाईं र रामेछापको खाँडादेवी गाउँपालिकाका २५ वर्षीय घनश्याम कार्की छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग सुजुकी कम्पनीको कालो रङको गिसर मोटरसाइकल, यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल, कालो रङको सिएफ मोटरसाइकल, रातो रङको पल्सर मोटरसाइकल र प्रदेश नम्बरप्लेट भएको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० को २४१ अनुसार ‘चोरीसम्बन्धी कसुर’ मा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिएर प्रहरीवृत्त महाराजगञ्जले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ३२ बजे

कर्णालीले पोखराविरुद्ध पहिला फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले पोखरा

एक सातामा ५६ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५६ जनामा डेंगुको संक्रमण देखिएको

जाडो बढेसँगै रुघाखोकीका बिरामी बढे

चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

नयाँदिल्ली– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन

ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ ।