रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटन व्यवसायीहरूकाे माग | Khabarhub Khabarhub

रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटन व्यवसायीहरूकाे माग


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- पर्यटन व्यवसायी सङ्गठन नेपालले पोखराको रत्न मन्दिर र हिमागृह खुला गर्न सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसमक्ष माग गरेको छ ।

सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष गणेशराज पहारीले आज पोखरामा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विगतमा पूर्व राजपरिवारका सदस्यले प्रयोग गर्ने गरेको र हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेका यी दुई दरबार सर्वसाधारणका लागि खुला गरी उद्यान एवं सङ्ग्रहालयका रुपमा रुपान्तरण गरेर अवलोकनको व्यवस्था गर्न माग गरे ।

पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारमा अवस्थित रत्न मन्दिर र हिमागृह खुला गर्न यहाँका पर्यटन व्यवसायीले डेढ दशकअघिदेखि माग गर्दै आएका छन् । यी दुई दरबार सर्वसाधारणका लागि खुला भएमा पर्यटकीय गन्तव्य बन्ने र पर्यटकको पोखरा बसाइँ लम्ब्याउन सहयोग पुग्ने पर्यटन व्यवसायीको भनाइ छ ।

यसैगरी पोखरालाई यथाशीघ्र पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने र पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग घोषणा गरिनुपर्ने माग पर्यटन व्यवसायी सङ्गठनको छ ।

होटल प्रतिष्ठान  सरह व्यक्तिगत नाममा रहेका होटल प्रतिष्ठानलाई पनि विद्युत् महसुल शुल्कमा प्रदान गरिएको छुट तथा सहुलियत प्रदान गर्न र होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह सेवा सुविधा प्रदान गरिएको हुँदा सो सुविधालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन ज्ञापनपत्रमा उल्लेख छ ।

पृथ्वीराजमार्ग एवं सिद्धार्थ राजमार्गको निर्माण कार्य तथा स्तरोन्नति छिटो सम्पन्न गरी अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेक साइडसम्म ‘बाइपास रोड’ निर्माण गर्न आग्रह गरिएको छ ।

यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालन हुने सुःखद् समाचारसँगै विश्वलाई चिनाउने साहसिक हवाई खेल प्याराग्लाइडिङ र अल्ट्रा लाइट व्यवसायको दिगो व्यवस्थापन एवं भविष्यका लागि निश्चित समय निर्धारण वा विकल्प खोज्न माग गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ३९ बजे

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

एजेन्सी– ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६

शिक्षकका माग शीघ्र सम्बोधन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग

काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ– पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित

देशको ५१ प्रतिशत जनसङ्ख्या खना पकाउन दाउरामा निर्भर (तस्बिरहरू) 

काठमाडौं– देशका आधाभन्दा बढी जनसङ्ख्याले खाना पकाउन अझै पनि दाउरा