ग्रीसमा डुङ्गा डुब्दा दर्जनौं बेपत्ता « Khabarhub

ग्रीसमा डुङ्गा डुब्दा दर्जनौं बेपत्ता


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन् । दुर्घटनामा परेका अन्य २९ जनालाई उद्धार गरिएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको छ ।

रोड्सको दक्षिणमा रहेको समुद्री क्षेत्रमा तटरक्षक बलका दुई जहाज, ग्रीक नौसेनाको जहाज, नजिकैका अन्य तीन जहाज र वायु सेनाको एक हेलिकप्टरले हराइरहेका मानिसहरूको खोजी तथा उद्धार कार्य जारी राखेको ग्रीसका अधिकारीहरूले बताएका छन् ।

यस क्षेत्रमा व्यापक आँधी आएका कारण तत्काल उद्धार कार्यमा बाधा पुगेको थियो ।

टर्कीको भूमध्यसागरीय तटको सबैभन्दा ठूलो शहर अन्टाल्याबाट दुई दिनअघि इटालीलाई अन्तिम गन्तव्य बनाई छुटेका डुङ्गामा ६० देखि ८० जना सवार रहेको ग्रीसको तटरक्षक बलले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१५ मा शरणार्थी र आप्रवासीहरूको ठूलो प्रवाह सुरु भएयता १० लाखभन्दा बढी मानिस ग्रीस पुगिसकेका छन् । सन् २०१६ को हिउँदमा बाल्कन मार्गको सीमा बन्द नहुँदासम्म अधिकांशले युरोपका अन्य देशहरूमा आफ्नो यात्रा जारी राखेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ४५ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली