विश्व इतिहासमा आज : सिलाई मेसिनको पेटेन्टदेखि पहिलो इनभिक्टस गेम्ससम्म « Khabarhub

विश्व इतिहासमा आज : सिलाई मेसिनको पेटेन्टदेखि पहिलो इनभिक्टस गेम्ससम्म


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ २५ गते शनिबार । सन् २०२२ को सेप्टेम्बर १० तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २०१४ सेप्टेम्बर १० मा पहिलो इनभिक्टस गेम्स्को सुरुवात भएको थियो । इङ्ल्याण्डको लन्डनस्थित ‘क्वीन एलिजाबेथ ओलम्पिक पार्क’ मा आयोजना भएको सो प्रतियोगितामा १३ राष्ट्रबाट ३०० प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

सन् २००७ सेप्टेम्बर १० मा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ स्वदेश फर्केका थिए । सन् १९९९ ओक्टोबर मा सैनिय कुभएको ७ वर्षपश्चात शरीफ पाकिस्तान फर्केका थिए ।

सन् २००३ सेप्टेम्बर १० मा स्वीडेनका विदेशमन्त्री एना लिन्डमाथि किनमेलको क्रममा छुरा प्रहार भएको थियो । उनको सेप्टेम्बर ११ मा मृत्यु भएको थियो ।

सन् १९७७ सेप्टेम्बर १० मा फ्रान्समा हमिदा जान्दौबी मृत्यु दण्डको सजाय पाउने अन्तिम व्यक्ति बनेकी थिइन् । जान्दौबीलाई २१ वर्षीया एलिजाबेथ बुस्केटको हत्या गरेको पुष्टि भएसँगै मृत्यु दण्डको सजाय दिइएको थियो ।

सन् १९६० सेप्टेम्बर १० मा बगदाद सम्मेलन सुरु भएको थियो । पेट्रोलियम निर्यात गर्ने देशहरुको संगठन ‘ओपेक’ को स्थापनासँगै उक्त सम्मेलन ५ दिन चलेको थियो ।

सन् १९६० सेप्टेम्बर १० मा इङ्लिश अभिनेता कोलिन फर्थको जन्म भएको थियो । ‘अ मन्थ इन द कन्ट्री’, ‘टम्बलडाउन’, ‘भल्मोन्ट’ आदि जस्तो चलचित्रका मुख्य पात्रको भूमिका निर्वाह गरेका कारण फर्थ लोकप्रिय बनेका थिए ।

सन् १८४६ सेप्टेम्बर १० मा सिलाई मेसिनको पेटेन्ट इलियास होवेले प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ६ : ४५ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज